इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश | Khabarhub Khabarhub

इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमनाडौँ– ‘मिसिङ्ग क्रिप्टोक्वीन’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश गरिएको छ ।करिब ४० वर्षीया बुल्गेरियन महिलालाई वानकोइन नामक क्रिप्टोकरेनसी घोटालाको अभियुक्त स्वरुप वान्टेड सुचीमा राखिएको हो । बिहीबार प्रकाशित एक सूचनामा इग्नाटोवाको पक्राउसँग सम्बन्धित कुनै पनि जानकारीबारे ब्युरोले १ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ ।

अन्य सुरक्षा तथा तारसम्बन्धी पनि धोखाधडी गरेकी इग्नाटोवा एफबीआईको टप १० मस्ट वान्टेड सुचीमा पर्ने एक मात्र महिला हुन् । फरार अभियुक्तले क्रिप्टोकरेन्सीको बहानामा करिब ४ अरब अमेरिकी डलर बराबरको ठगीको आरोप लागेको फेडेरल अन्वेषकहरूको भनाइ छ ।  सन् २०१७ मा इग्नाटोवाविरुद्ध अमेरिकी अधिकारीहरूले पक्राउ पत्र जारी गरी अन्वेषकले पक्राउ कार्य सुरु गरेसँगै उनी फरार भएकी थिइन् । सन् २०१४ मा इग्नाटोवाद्धारा आत्म–वर्णन गरिएको वानकोइन नामक एक क्रिप्टोकरेन्सीले उपभोक्तालाई किनेर अर्को मानिसलाई बेचेबापतको कमिसन दिन सुरु गरेको थियो । तर अन्य क्रिप्टोकरेन्सी जस्तै वानकोइन बल्कचेन प्रविधिबाट सुरक्षित नगरिएको र बेकार भएको एफबीआई अधिकारीहरूको भनाइ छ । 

No description available.फेडेरल अभियोजकहरुका अनुसार क्रिप्टोकरेन्सीका नाममा केवल एउटा पोन्जी स्किम सञ्चालन भएको थियो । उनले क्रिप्टोकरेन्सीको सुरुवाती दिनको अनुमान गर्दै चतुराइ पूर्वक आफ्नो स्किमलाई सुरु गरेको देखिन्छ ।’ फेडेरलका वरिष्ठ अभियोजक डेमियन विलियम्सले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई जानकारी दिइन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : ११ बजे

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा

बाँकेको नारायणपुर–राजपुर सडकखण्ड नबन्दा हुलाकी सडक अधुरो

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड