‘द भ्वाइस अफ नेपाल २’ साउनदेखि, कोचमा फेरबदल « Khabarhub

‘द भ्वाइस अफ नेपाल २’ साउनदेखि, कोचमा फेरबदल


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को दोस्रो संकरण शुरु हुने तयारीमा छ । दोस्रो सिजनको तयारी नजिकिँदै गर्दा आयोजकले नयाँ कोच सार्वजनिक गरेको छ ।

आयोजकका अनुसार दोस्रो सिजनमा दुई नयाँ कोच थप गरिएको छ भने पुराना दुई कोचले यो सिजनमा पनि निरन्तरता दिने भएका छन् ।

पहिलो सिजनमा कोच बनेका सनुप पौडेल र अभया सुब्बा हटाइएको छ । यस्तै वरिष्ठ गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहनेछन् । आयोजकले दोस्रो सिजनमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतलाई भित्र्याएको हो । दुवै नेपाली संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

अमेरिकामा बस्दै आएका गायक लामा यही शोको छायांकनका लागि नेपाल आएका छन् ।

साउनको पहिलो साताबाट हिमालयन टेलिभिजनमा प्रसारण गरिने शोको दोस्रो संस्करणलाई यसपटक पनि लक्ष्मण पौडेलले निर्देशन गर्नेछन् । यस्तै शोमा होस्ट सुशील नेपाल नै रहने बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ३२ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा