२५ वटा फर्म अनुगमनका क्रममा ९ वटालाई कारवाही « Khabarhub

२५ वटा फर्म अनुगमनका क्रममा ९ वटालाई कारवाही


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रवार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो ।

अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारवाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।

जसमध्ये विभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने मधेस प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारवाही गरिएको विभागले जनाएको छ ।

त्यस्तै अन्य स्थानमा पनि प्रभावकारी रूपमा अनुगमन गरिएको शर्माले बताए । त्यस्तै बजारमा चिनीको भाउ महँगिएको विषयमा पनि विभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए ।

त्यस्तै उनले बजारमा अन्य कम्पनीको नूनको विषयमा पनि छानबिन गर्न अनुसन्धान टिम बनाएको र नुनको नमुना परीक्षणका लागि पठाइएको जानकारी दिए ।

यस्तै विभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ५८ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता