नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन | Khabarhub Khabarhub

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो ।

नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो । नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो । जहाँ नेपाल ६९ रनले विजयी भयो ।

पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो । क्यानडासँगको श्रृंखलापछि नेपाल स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : २४ बजे

‘अन्तर्राष्ट्रिय मञ्चहरूमा आइएससीसँग मिलेर काम गर्न नेपाल तयार’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले

बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं– कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा

घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या

दाङ- घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको

तमानखोलाका एक सय सत्र घरमा खानेपानीका धारा जडान

ढोरपाटन– यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या

कांग्रेसकै सांसदको टिप्पणी- सरकार गभर्नरको ‘म्युजिकल चियर’मा मस्त छ

काठमाडौं- नेपाली कांग्रेसका सांसद दीपक गिरीले वर्तमान सरकार गभर्नर नियुक्तिको