नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन « Khabarhub

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो ।

नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो । नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो । जहाँ नेपाल ६९ रनले विजयी भयो ।

पूर्व तालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो । क्यानडासँगको श्रृंखलापछि नेपाल स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ । जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : २४ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द