कम बजेटका फिल्मले धानेको बलिउड | Khabarhub Khabarhub

कम बजेटका फिल्मले धानेको बलिउड


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका लागि पछिल्लो समय निराशाजनक रहेको छ । वर्षको पहिलो ६ महिना बितिसकेको छ, तर केही फिल्मलाई छोड्ने हो भने कुनै पनि फिल्मले बक्स अफिसमा धमाल मच्चाउन सकेन । ठूला बजेट र ठूला स्टारको फिल्मले बक्स अफिसमा डुब्नबाट आफूलाई बचाउन सकेन । कोभिड–१९ को खतरा अहिले पनि मडारिरहेको छ, जसको असर बक्स अफिस कलेक्सनमा स्पष्ट देखिएको छ ।

कैयौं ठूला बजेटका फिल्म बक्स अफिसमा फ्लप भइरहँदा डकु ड्रामा ‘द कश्मीर फाइल्स’ ले थिएटरमा नयाँ आशा जगायो । जस कारण थिएटरमा चहलपहल बढ्यो । यो फिल्म पाँच सय पर्दामा रिलिज भयो र यसको सुरुवाती कलेक्सन मात्र ३ दशमलव ५ करोड थियो । यो फिल्मको स्क्रिन सङ्ख्या लगातार बढ्दै गयो र कलेक्सनको मात्राले उस्तै रफ्तार लियो । अनुपम खेर अभिनीत फिल्मले अन्ततः २ सय ५३ करोडको व्यापार गरेको छ ।

अर्कोतर्फ अक्षय कुमारको ठूला बजेटका दुई फिल्म फ्लप साबित भयो । जस कारण दर्शकमा निराशा प्रस्ट देखियो । यी फिल्ममा ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ थिए । अजय देवगनको फिल्म ‘रनवे ३४’को अवस्था उस्तै रह्यो ।

पछिल्लो पटक युवाको नजरमा दुई फिल्म ‘भूलभुलैया २’ र ‘जुगजुग जियो’ परे । झन्डै ३२ करोड बजेट रहेको फिल्म ‘भूलभुलैया २’ले बक्स अफिसमा २ सय ६२ करोड ४ लाखको कारोबार गरेको छ । ‘जुगजुग जियो’को सुरुवाती कलेक्सन राम्रो रह्यो । तर सप्ताहान्तमा यसले खासै कमाल देखाउन सकेन । ८५ करोडमा बनेको फिल्म ‘जुगजुग जियो’ले हालसम्म करिब ९६ करोड आसपासको मात्र व्यापार गरेको छ । फिल्म ‘गंगूबाई काठियावाडी’ अभिनेत्री आलिया भट्टका लागि राम्रो साबित भयो । एक्सन स्टार टाइगर श्राफको ‘हीरोपन्ती २’ ले बक्स अफिसमा एक्सन देखाउन सकेन ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : २० बजे

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौं– केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र