आउँदो फिल्मबाट आशावादी अक्षय  | Khabarhub Khabarhub

आउँदो फिल्मबाट आशावादी अक्षय 


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०१२ पश्चात् बलिउड अभिनेता अक्षय कुमार समय ठिकठाक भयो । राउडी राठोर , ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरू खिलाडी ७ सय ८६ , स्पेसल २६, बोस, बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्यपि कोरोना भाइरसको महामारी पश्चात् उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ ।

‘अतरंगी रे’लाई समीक्षकले केही राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाइरहेको छ । लक्ष्मी बम्ब , बच्चन पाण्डे , बेल बटम झैँ उनको पछिल्लो फिल्म ‘सम्राट पृथ्वीराज’ पनि असफल रह्यो । अक्षयलाई लिएर फिल्म बनाउँदा फाइदा हुनेछ भन्ने निर्माताहरूको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ ।

यसअगाडिको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यस पटक बहाना पाएका छैनन् । पछिल्लो फिल्म लगातार रूपमा असफल भएपछि अक्षय आउँदो फिल्म ‘रक्षा बन्धन’ लाई लिएर केही फरक गर्ने तयारीमा छन्। उनी पारिवारिक कथालाई परिवारसम्म पुर्‍याउन अघिल्लो पटक भएको गल्तीहरू नदोहोर्‍याउने तरिकाले प्रचारमा जुटेका छन् । हेरौँ, अब उनको यो शैलीले फिल्मलाई कत्तिको फाइदा गर्छ । यद्यपि यस पटक उनी निर्देशक आनन्द एल रायको कामले गर्दा पनि केही आशावादी भने छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ३९ बजे

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको