गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु : मुख्यमन्त्री पोखरेल « Khabarhub

गण्डकी समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्छु : मुख्यमन्त्री पोखरेल


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगानीमैत्री वातावरण तयार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २६औँ स्थापना दिवस एवम् २५ औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धिको राजधानी बनाउनका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य भएको बताए ।

सरकारले लगानी गरेर उद्योगधन्दा सञ्चालन गर्नुभन्दा लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमा नै रोजगारीका सम्भावना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले निजी क्षेत्र र सरकारका बीचको सहकार्य अनिवार्य भएको उल्लेख गरे ।

गण्डकी प्रदेशका ऊर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले उत्पादन बिना देश विकासको कल्पना गर्न नसकिने बताउँदै स्वदेशी कच्चापदार्थमा आधारित उद्योगधन्दा सञ्चालनका लागि राज्यले लगानी बढाएको विचार राखे ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले राष्ट्रिय उत्पादन बढाउनका लागि कृषिमा आधारित उद्योगधन्दालाई प्रथामिकता दिनुपर्ने धारणा राखे । उनले गण्डकी प्रदेशस्तरीय औद्योगिक क्षेत्रको आवश्यकता, पोखरा र लेखनाथ मिलाएर महानगर बनाउँदाका फाइदा बेफाइदा लगायतमा बोलेका थिए ।

नेपाल उद्योग वाणिज्य उपाध्यक्ष अञ्जन श्रेष्ठले स्वदेश उत्पादनलाई प्राथमिकतामा राखेर आयातीत वस्तुको न्यूनीकरण गर्ने योजना सरकारले ल्याउनुपर्ने सुझाव दिए । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले दक्ष जनशक्ति निर्माणको आधार भनेको राज्यको नीति भएकाले सोही अनुसार राज्यले पनि नीति बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्यटन व्यवसायी पुष्पराज अधिकारी, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्ध्र श्रेष्ठ लगायतले बिहान बेलुकाको दालभातका लागि मात्र नभई व्यवसायको माध्यमबाट देश विकासको अभियानमा जोडिनुपर्ने विचार राखे ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ४७ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता