बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई | Khabarhub Khabarhub

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको छ । दाहाल यसअघि प्राधिकरण सञ्‍चालक समिति सदस्य थिए ।

नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि (मङ्गलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

अर्थ मन्त्रालय स्रोतले दाहाललाई बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिमा कायम वरियतामा आधारमा जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : २६ बजे

गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

रसुवा– रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान हुँदैन

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल