बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई « Khabarhub

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव दाहाललाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणमा सहसचिव मदन दाहाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको छ । दाहाल यसअघि प्राधिकरण सञ्‍चालक समिति सदस्य थिए ।

नागरिकता कीर्ते गरेको पाइएपछि अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि (मङ्गलबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएसँगै अध्यक्ष सिलवाल स्वतः निलम्बनमा परेका थिए ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिव दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको कामकाज गर्नेगरी प्राधिकरण हाँक्ने जिम्मेवारी दिएका हुन्‌ ।

अर्थ मन्त्रालय स्रोतले दाहाललाई बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिमा कायम वरियतामा आधारमा जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : २६ बजे

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको