निर्वाचन आयोगले आज प्रधानमन्त्रीलाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्ने « Khabarhub

निर्वाचन आयोगले आज प्रधानमन्त्रीलाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि औपचारिक मिति प्रस्ताव गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेको हो।

आयोगले हिजै समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले आजलाई मात्र समय मिलेको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन् ।

आयोगले आगामी मंसिर २ वा मंसिर ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ ।

२०७४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको थियो।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : १६ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता