निर्वाचन आयोगले आज प्रधानमन्त्रीलाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्ने « Khabarhub

निर्वाचन आयोगले आज प्रधानमन्त्रीलाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि औपचारिक मिति प्रस्ताव गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेको हो।

आयोगले हिजै समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले आजलाई मात्र समय मिलेको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन् ।

आयोगले आगामी मंसिर २ वा मंसिर ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ ।

२०७४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको थियो।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : १६ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)