अफगानिस्तानको मस्जिदमा बम आक्रमण « Khabarhub

अफगानिस्तानको मस्जिदमा बम आक्रमण


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गराइएको बम आक्रमणमा एक जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा रहेको एक मस्जिदमा गराइएको बम आक्रमणमा अरु ७ जना घाइते भएका छन् ।

श्रद्धालुहरुले प्रार्थाना गरिरहेका बेला बम विष्फोट भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

गत अप्रिल महिनामा पनि सोही क्षेत्रमा बम आक्रमण भएको थियो । उक्त आक्रमणमा दर्जनौँको मृत्यु भएको थियो भने अरु कैयाँ घाइते भएका थिए ।

कुन्दुज प्रान्तको इमाम साबिह जिल्लामा रहेको अलिफ बिरडी मस्जिदमा आक्रमण भएको प्रान्तीय प्रहरी प्रवक्ता करी ओबाइदुल्लाह अबेदीलाई उद्धृत गर्दै डनले जनाएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

गत वर्षको अगस्ट महिनामा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा सैनिक तथा सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणका घटना बढ्न थालेको बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ३५ बजे

हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशको

काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ

आज २०८३ साल जेठ २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ