पुसमा ‘गुञ्जन’ « Khabarhub

पुसमा ‘गुञ्जन’


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘गुञ्जन’ आउँदो पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्म वितरकका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै फिल्मको रिलिज मिति तय गरेको हो । विशुद्ध प्रेमकथामा बनेको फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कवीर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जन फिल्मका निर्देशक हुन् । थुप्रै फिल्ममा द्धोन्द निर्देशन गरेका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताए । काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको छ ।

फिल्ममा कविराज गहतराजको कोरियाग्राफी रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ३५ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन