कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार  « Khabarhub

कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेशविक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका छन् ।

बुधबार अपराह्न दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए ।

राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरूलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल-कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए ।

दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा दूतावासका कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि केपी ओली सरकारले कतारका लागि नियुक्त गरेका राजदूत नारदनाथ भारद्वाज वाग्लेलाई देउवा सरकारले कार्यकाल पूरा नहुँदै फिर्ता बोलाए पछि नयाँ राजदूतको रुपमा ढकाल आएका हुन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ३७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु