तिहारमा ‘के घर के डेरा’ रिलिज घोषणा  « Khabarhub

तिहारमा ‘के घर के डेरा’ रिलिज घोषणा 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो तिहारलाई लक्षित गर्दै चौथो  फिल्म ‘ के घर के डेरा’ प्रदर्शन हुने घोषणा भएको छ । सबैभन्दा पहिला यो मितिमा आउने घोषणा गरेको ‘परस्त्री’ लाई अन्य डेटमा सार्दै निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्मको एक कार्यक्रमकै बिच तिहारमा प्रदर्शन घोषणा भएको हो । यो मितिमा ‘२ नम्बरी’ ‘प्रसाद २’, ‘नालापानी’ र ‘के घर के डेरा’ प्रदर्शन हुनेछन् ।

सोही कार्यक्रममा निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको सिनेमा ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’ लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइयो ।

घोषणाको समयमा ‘परस्त्री’ को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो सिनेमालाई फागुन १९ मा सारिएको छ ।‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

‘के घर के डेरा’मा विपिन कार्की , दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ ।

सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : ०३ बजे

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । हिंसात्मक उग्रवादसँगवविरुद्ध