मिस इण्डिया सिनीलाई कास्ट गर्ने तयारीमा जूनियर एनटीआर | Khabarhub Khabarhub

मिस इण्डिया सिनीलाई कास्ट गर्ने तयारीमा जूनियर एनटीआर


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिस इण्डिया २०२२ को उपाधि जितेकी कन्नड सुन्दरी सिनी शेट्टीलाई फिल्ममा ल्याउने तयारी सुरु भएको छ ।

सौन्दर्य प्रतियोगिता जितेका ऐश्वर्या राय बच्चन, सुष्मिता सेनदेखि लिएर लारा दत्ता, प्रियंका चोपडा र मानुषी छिल्लरसम्म बलिउडमा राम्रै पाइला चाले । अबको पर्खाइ सिनीमा छ ।

समाचारअनुसार टलिउड स्टार जूनियर एनटिआर र कोरताला शिवाले आफ्नो फिल्म ‘एनटिआर ३०’ का लागि सिनीलाई अनुबन्ध गर्ने विषयमा चासो देखाएका छन् । एनटिआर र शिवा हाल यो विषयमा छलफल गरिरहेका छन् । उनीहरूले चासो दिए पनि सिनी तुरुन्तै फिल्ममा अनुबन्धित हुने सम्भावना न्यून छ ।

किनकी सौन्दर्य प्रतियोगिता जितेपछि एक वर्षसम्म विजेताले आयोजकका अत्यावश्यक कामहरु पुरा गर्नुपर्ने हुन्छ । यही कारण उनीहरूले फिल्म या कुनै ब्राण्ड एन्डोर्समेन्ट जस्ता प्रोजेक्टमा हस्ताक्षर गर्न पाउँदैनन् । यदि जूनियर एनटीआरले सिनीलाई नै लिने हो भने उनले एक वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ४ : ४० बजे

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत

काठमाडौं– केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

काठमाडौं– निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र