नीति भन्छिन्,'राम्रो ब्यानरले अफर गरे फिल्म गर्न तयार छु'  | Khabarhub Khabarhub

नीति भन्छिन्,’राम्रो ब्यानरले अफर गरे फिल्म गर्न तयार छु’ 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका नाम चलेका ब्यानर उनलाई फिल्ममा ‘कास्ट’ गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसै कारण हुन सक्छ उनले फिल्ममा आउने छनक देखाइनन् । उनले विज्ञापन र इभेन्टमै आफूलाई सीमित राखिन् । यद्यपि पछिल्लो समय उनले फिल्ममा आउने तयारी सुरु गरिन् ।

फिल्मले दिलाउने नाम र दामकै कारण उनी फिल्म प्रति आकर्षित भएको धेरैले अनुमान गरेका छन् । उनी फिल्म खेल्ने सोच मात्र नभई आफैँ फिल्म निर्माणमा सहकार्य गर्न समेत तयार छिन् । केही समय अगाडि नीतिले भुवन केसीलाई आफू फिल्ममा आउन तयार रहेको सन्देश समेत पठाएकी थिइन् । भुवनले बनाउने भनिएको फिल्म ‘पारस’ को काम सुरु भएमा उनी एक्ट्रेसमा कास्ट हुने सम्भावना थियो । यद्यपि भुवन पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने दौडमा रहेकाले तत्कालै फिल्मको काम सुरु हुने सम्भावना छैन ।

कुनै समय निर्माता तथा निर्देशकहरुले सम्पर्क गर्दा समेत फिल्मको लागि खासै नसोच्ने नीति अहिले भने आफैँ प्रतिष्ठित ब्यानरसँग जोडिन आतुर छिन् । उनले फिल्म खेल्न रुचि देखाएको बारेमा अनमोल पनि जानकार छन् । पछिल्लो समय अनमोलले ‘जेरी २’ मा अभिनय गर्ने तय गरेपछि अभिनेत्री को रहने भन्ने चर्चा छ । निर्माण पक्षले आना शर्मालाई कास्ट गर्ने सोच अनुसार कुराकानी अगाडी बढाएको छ । यद्यपि फिल्ममा अर्की नायिका पनि रहने भएका नीति त फिल्म गर्दै छैनन् ? भन्ने चर्चा पनि चलेको छ ।

यस विषयमा नीतिले फिल्मको अफर आई नसकेको जनाएकी छिन् । ‘फिल्मको स्क्रिप्ट पढ्ने काम भइरहेको छ । राम्रो ब्यानर त टिमसँग काम गर्ने मौका पाएँ भने नाई भन्दिन । जेरीको सिक्वेलको अफर आएको छैन’ नीतिले भनिन् । कुनै समय फिल्मको लागि कुरा गर्ने समय समेत ननिकाल्ने नीति अहिले भने फिल्मकै स्क्रिप्ट पढेर, फिल्मकर्मीसँग सल्लाह गरेर समय बिताउने गरेकी छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ७ : ५८ बजे

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली– पश्चिमी लिबियाको जाविया तटमा  आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल

२५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका अस्थायी सिकाइमा सहभागी : युएनआरडब्लुए

न्युयोर्क– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली– स्थानीयवासीको अवरोधका कारण  बञ्चरेडाँडामा  फोहर विसर्जनमा समस्या भएको छ। नुवाकोटको

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट