दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाप्रवाह प्रभावित « Khabarhub

दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाप्रवाह प्रभावित


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो । 

इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा  बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा  छ । छायाँनाथ रारा नगरपालिका, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकालाई कार्यक्षेत्र तोकेर तोकेर सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापन गरिएको हो । 

कार्यालय प्रमुख बस्नेत १२ असारदेखि बिदामा बसेपछि सेवाप्रवाह प्रभावित भएको  सुब्बा महेशप्रसाद पालले जानकारी दिए । पाललाई कुनै पनि अधिकार नदिँदा सेवाप्रवाह प्रभावित भएको हो । मलाई कुनै पनि अधिकार र  निर्देशन दिएको छैन । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ सुब्बा पालले भने । 

कार्यालयमा हाल एकजना सुब्बा, एक कम्प्युटर अर्पेरटर र दुई  कार्यालय सहयोगी मात्र छन् । शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम १२ असारदेखि रोकिएको छ । कार्यालयमा नागरिकता, प्रतिलिपि, नाबालिग परिचय पत्र बनाउनका लागि मात्र दैनिक १० भन्दा बढी सेवाग्राही आउँछन्।  

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शाखा अधिकृत बस्नेत छोरा बिरामी भएर घर बिदामा बसेकाले सेवाप्रवाहमा प्रभावित भएको हो । कानुनअनुसार अर्कोलाई अधिकार दिन नमिल्ने र नागरिकता जारी गर्न पनि नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै