दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाप्रवाह प्रभावित « Khabarhub

दुई सातादेखि हाकिम घर बिदामा बस्दा सेवाप्रवाह प्रभावित


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो । 

इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा  बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा  छ । छायाँनाथ रारा नगरपालिका, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकालाई कार्यक्षेत्र तोकेर तोकेर सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापन गरिएको हो । 

कार्यालय प्रमुख बस्नेत १२ असारदेखि बिदामा बसेपछि सेवाप्रवाह प्रभावित भएको  सुब्बा महेशप्रसाद पालले जानकारी दिए । पाललाई कुनै पनि अधिकार नदिँदा सेवाप्रवाह प्रभावित भएको हो । मलाई कुनै पनि अधिकार र  निर्देशन दिएको छैन । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ सुब्बा पालले भने । 

कार्यालयमा हाल एकजना सुब्बा, एक कम्प्युटर अर्पेरटर र दुई  कार्यालय सहयोगी मात्र छन् । शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम १२ असारदेखि रोकिएको छ । कार्यालयमा नागरिकता, प्रतिलिपि, नाबालिग परिचय पत्र बनाउनका लागि मात्र दैनिक १० भन्दा बढी सेवाग्राही आउँछन्।  

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शाखा अधिकृत बस्नेत छोरा बिरामी भएर घर बिदामा बसेकाले सेवाप्रवाहमा प्रभावित भएको हो । कानुनअनुसार अर्कोलाई अधिकार दिन नमिल्ने र नागरिकता जारी गर्न पनि नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ४१ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित