कात्तिकमा ‘ह्यारी कि प्यारी’ « Khabarhub

कात्तिकमा ‘ह्यारी कि प्यारी’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘ह्यारी कि प्यारी’ ले प्रदर्शन तय गरेको छ । गत चैतमा सुटिङ सकिएको फिल्म ‘ह्यारी कि प्यारी’ ले कात्तिक २५ गतेलाई प्रदर्शन तय गरेको हो । फिल्मको निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको विषयमा जानकारी दिएको हो । नेपालको वैवाहिक परम्पराको सेरोफेरोमा बनेको फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । फिल्म विजय बराल पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्मको एक गीतमा रेखा थापाले नृत्य गरेकी छिन् ।

यद्यपि फिल्मले सार्वजनिक गरेको पोस्टरले राम्रो प्रतिक्रिया बटुल्न सकेको छैन । दशक अगाडिको झल्को दिने किसिमको पोस्टरले गर्दा फिल्म प्रति उत्साह बोकेको फिल्मकर्मी वा दर्शक निराश भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेको छ । सार्वजनिक पोस्टरमा साम्राज्ञी दुलहीको भेषमा छिन् भने जितु नेपाली ढाकाटोपीमा पञ्चेबाजा बजाइरहेका छन् । हाल यो फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । 

यो फिल्मलाई कपिल रिजालले निर्देशन गरेका हुन् । बेलायतमा बसोबास गर्ने गरेका कपिल रिजाल गीतकार तथा चिकित्सक भोला रिजालका छोरा हुन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : १७ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका