नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एेनलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताए ।

उनले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताए । यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।

त्यस्तै खेलकुदमन्त्री गहतराजको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा उक्त प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ वटा टोलीको सहभागिता गराउने र विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागुहुने गरी मुख्य ट्रफि निर्माण गरिने र उक्त ट्रफिलाई विभागीय टोलीसँगै सात वटै प्रदेशमा टुरमा लैजाने निर्णाय गरेको छ । बैठकले उक्त प्रतियोगिताको लागि रु ६० करोड बजेट स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ४२ बजे

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं– नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद