लण्डनमा 'लन्डन टु पेरिस' | Khabarhub Khabarhub

लण्डनमा ‘लन्डन टु पेरिस’


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।

 फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

फिल्मको छायांकनका लागि चार जना कलाकारको टोली हालै लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँजो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायत हुँदै फ्रान्समा सकिनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’ र ‘धौली’ फिल्मको पनि निर्देशन गरेका छन् ।

फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो, जुन आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : ०३ बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग