भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना हुन् : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना हुन् : प्रधानमन्त्री देउवा


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताए।

प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वाससमेत व्यक्त गरे । उनले भने, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । यसका माध्यमबाट स्वदेश तथा विदेशमा नेपालको विशिष्ट पहिचान बनाउन महत्त्वपूर्ण सहयोग पुग्दै आएको छ, भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्रष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि हो ।”

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट उनीहरूको कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले पुरस्कृत प्रतिभाका माध्यमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताए।

प्रधानमन्त्री देउवाले सरबारले प्रदान गर्ने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत स्रष्टा र साधकबाट मुलुकको श्रीवृद्धिमा थप प्रेरणा मिलोस् भनी कामना गरे।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कार ४३ स्रष्टालाई प्रदान गरेको छ । राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार,भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : ५२ बजे

गोकुल बास्कोटाले भने- सरकारकै कमजोरीले देशमा नवउदारवादी र प्रतिक्रियावादीले खेल्न खोजे

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पछिल्लो समय शासकहरूकै कमजोरीले

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच

फूलपातीमा प्रकाशका फिल्म जुधे तर दुवैमा सहायक भूमिका

काठमाडौं – गायक प्रकाश सपुत संगीतमा कम सक्रिय रहेर ठूलो

‘जनचाहनाअनुसार विकास आयोजनाहरू समयमै सक्ने गरि काम गर्नुस्’

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको

बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक

काठमाडौं – आगामी दशैँको फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा