आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : नेता गुरुङ | Khabarhub Khabarhub

आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुन्छ : नेता गुरुङ


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका छन्।

संवाद डबलीले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा गुरुङले गठबन्धनबीच राष्ट्रियता र लोकतन्त्रका विषयमा एकमत रहेकाले आगामी निर्वाचनमा गठबन्धन दलबीच नै तालमेल हुने बताएका हुन् ।

उनले गठबन्धनबीचको चूनावी तालमेल परिवर्तन गर्नुपर्ने कारण नदेखिएको जिकिर गरे। गुरुङले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा एमालेले गरेको गम्भीर गल्तीको आत्मसमिक्षा नगरेकाले एमालेसंग सहकार्य हुन नसक्ने तर्क गरे। फरक प्रसंगमा उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माका बिषयमा छानविन गर्न संसदीय समिति नै गठन भइसकेको अवस्थामा थप टिका टिप्पणी गर्न उचित नहुने धारणा राखे।

नेता गुरुङले सवैका सहमतिबाटै नागरिकतासम्बन्धी नयाँ विधेयक सदनमा दर्ता हुने बताए।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : ५७ बजे

प्रचण्डसहित १९ माओवादी नेताका घर ध्वस्त

काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन

प्रधानमन्त्री कार्कीलाई युनुसको शुभकामना

काठमाडौं– बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की

रूसको क्यामचाट्कामा ७.४ म्याग्निच्युडको भूकम्प

मस्को– रूसको क्यामचाट्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय

हेटौँडामा जनजीवन सामान्य बन्दै

बागमती– स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएपछि आज बिहानबाटै हेटौँडालगायत