सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित: राष्ट्रसंघ « Khabarhub

सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित: राष्ट्रसंघ


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख रहेको थियो । युएनएचसीआरका अनुसार इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित हुन बाध्य भएका छन् ।

भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिसहरु अन्यत्र शरण लिन बाध्य भएका छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामाग्रीको समेत अभाव छ । सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ ।

युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिए । उनले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाम मात्र संकलन गरिएको बताएका छन् ।

समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो । ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको सट्टा निरन्तर कायम रहेको छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्दछ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन ।

युएनएचसिआरको प्रतिवेदनमा चार करोड १३ लाख आन्तरिक रुपमा देशभित्रै विस्थापित भएका, दुई करोड ५९ लाख शरणार्थी रहेका र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ । देशभित्रै ठूलो संख्यामा विस्थापित रहेका मुलुकहरुमा सिरिया र कोलम्बिया रहेका छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनीहरु लेबनान र जोर्डन समेतका धेरै देशमा छरिएर रहेका छन् ।

ग्रान्डीले शरणार्थी स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र स्वदेश फर्काइने गरेको बताउँदै तर २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्तिहरु दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रुपमा रहन बाध्य भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : १० बजे

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल