काँग्रेस पदाधिकारी बैठक : निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल « Khabarhub

काँग्रेस पदाधिकारी बैठक : निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षा र भावी योजनाका साथै भातृसंगठनका विषयमा छलफल हुने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले कांग्रेसको केन्द्रीय समिति बैठकको एजेण्डामाथि छलफल गरेको हो ।

केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने र आगामी निर्वाचनमा गठबन्धनबीचको तालमेललाई प्रभावकारी बनाउने विषयमा छलफल हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

भातृ शुभेच्छुक संघ संगठनलाई सक्रिय र गतिशील बनाउने गरि आवश्यक निर्णय हुने उनले बताए। उनले भातृ शुभेच्छुक संघलाई पूर्णता दिने काम पनि छिटै हुने उल्लेख गरे । अहिले पार्टी विधि र पद्धति अनुसार नै अघि बढेको र पार्टी सभापतिले सबैको सहमति जुटाएर निर्णय गर्दै आएको उनको भनाइ छ ।

केन्द्रित समिति बैठकमा पार्टी सञ्चालन, विधानको कार्यान्वयन तथा सरकारका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ६ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै