आगामी निर्वाचनमा नेकपा (एस) निर्णायक : अध्यक्ष नेपाल « Khabarhub

आगामी निर्वाचनमा नेकपा (एस) निर्णायक : अध्यक्ष नेपाल


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टीका रूपमा स्थािपत भइसकेकाले निर्णायक शक्तिका रूपमा रहेको बताए ।

अध्यक्षले नेपालले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा समाजवादीलाई घात भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई भएको बताए ।

उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको भर पर्नुभन्दा एक्लै शक्ति आर्जन गरेर निर्वाचनमा होमिन तयार हुनुपर्ने धारणा व्यक्त गरे । उनले सङ्गठनका बलमा नै निर्वाचन जितिने भएकाले सङ्गठन निर्माणमा सबै तहका कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने निर्देशन दिए । आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ९ : ५५ बजे

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिम क्षेत्रमा आज धुमधामका साथ बिसु पर्व मनाइँदैछ ।

५४ फर्ममा वाणिज्य विभागको अनुगमन

काठमाडौँ– बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

आईपीएलमा राजस्थानको पहिलो हार, हैदराबाद ५७ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं सिजनमा

नयाँ वर्षले लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने सङ्कल्प र सामर्थ्य पैदा गरोस् : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा

अमेरिकी डलरको मूल्य बढ्यो : नयाँ वर्षका दिन कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर