कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्री देउवा ओलीकै बाटोमा किन | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री शर्माको प्रश्न : प्रधानमन्त्री देउवा ओलीकै बाटोमा किन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् ।

बहुमत सदस्यको उपस्थितिमा सवैधानिक नियुक्ति गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरे पछि महामन्त्री शर्माले प्रश्न उठाएका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन्।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सत प्रतिशत प्रस्ट छौँ हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जबाफदेहिता जरुरी छ ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ४० बजे

पूर्वराष्ट्रतिबारे ओली- उहाँलाई ‘गणतन्त्र गौरव’ सम्मान दिएको दलीय राजनीतिभन्दा माथि भनेरै हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको

ओलीको घोषणा : अहिलेकै अवस्थामा पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष बनाउन सकिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

एमालेमा ओलीको लामो सम्बोधन, केन्द्रीय कमिटी बैठकका निष्कर्ष सुनाइँदै

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्हरूले बोलिसकेर

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय