सुरक्षा लेख्छिन् ,‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’  « Khabarhub

सुरक्षा लेख्छिन् ,‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् । उनी नेपाली फिल्म नभई इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उक्त अवसर पाएकी थिइन् । फिल्ममा उनले नेपाली युवतीको भूमिका नै निर्वाह गरेकी छिन् । नेपाली कला र संस्कृति झल्किने पहिरन नलगाएता पनि नेपाली कलाकार कान्सको रेडकार्पेटमा देखिएकोमा नेपालीले खुशी नै व्यक्त गरे । 

सुरक्षाको यो सफलतालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ । असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ । प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? प्रश्नमा चारवटा विकल्प छन्– प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर ।

लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छन् । ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् । लोकसेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुसीको कुरा हो । उनले आफ्नो शुभचिन्तक मार्फत उक्त कुरा थाहा पाएको भन्दै खुसी व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ३३ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा