स्थिरता र समृद्धि ल्याउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री पाण्डे « Khabarhub

स्थिरता र समृद्धि ल्याउन कांग्रेस-एमाले गठबन्धन : मन्त्री पाण्डे


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बाजुरा – संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन गर्नुका पछाडि राजनीतिक स्थायित्व भएको दाबी गरेका छन्‌ । गृह जिल्ला बाजुरा पुगेर मन्त्री पाण्डेले कार्यालय प्रमुखहरूको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्‌ ।

‘पछिल्लो समय कांग्रेस-एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस-एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो’, मन्त्री पाण्डेले भने ।

उनले कांग्रेस-एमालेमात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरूलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको पनि तर्क गरे ।

‘संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्न, राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनहामी सबै एक ठाउँमा हुन जरुरी छ,’ मन्त्री पाण्डेले थपे, ‘प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापतिज्यूको प्रतिवद्धता रहेको छ – देशको सुधारका लागि उहाँहरूको स्पिडमा काम गर्नुपर्नेछ ।’

उनले ०८४ मा हुने आम चुनावमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत दाबी गरे । फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले सुचकाङ्कहरूका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताए ।

उनले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत जनाए । कार्यालय प्रमुखहरूलाई कामका प्राथमिकता निर्धारण गरेरमात्र काम गर्न समेत मन्त्री पाण्डेले निर्देशन दिए ।

बूढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि मन्त्री पाण्डेले जनाए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : ४४ बजे

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका