‘विवाह अटो पाइलटमा चल्दैन’ « Khabarhub

‘विवाह अटो पाइलटमा चल्दैन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीको मध्य तीर अभिनेता राजेश हमाल आफ्नो पत्नी मधु भट्टराईको साथमा आइपुगे । 

उनले पार्टीमा प्रवेश अगाडि सञ्चारकर्मीसँग छोटो कुराकानी समेत गरे । उनले विवाहलाई बचाउने दायित्व श्रीमान र श्रीमती दुवैको रहेका विभिन्न आरोहअवरोहलाई सयुक्त रुपमा सुल्झाउनु पर्ने बताए । ‘मैले विवाहको कार्ड पाउँदा नै हरिहरजीलाई भनेको छु, हिम्मत नहार्नु होला र हरेश नखानु होला । किनकी विवाहको सुरुवाती समय सुखमय नै हुन्छ । तर, आउने चुनौतीलाई दुवै पक्षको बराबर सहभागितामा सुल्झाउनु पर्छ’ उनले भने ।  ‘विवाह अटो पाइलटमा चल्दैन । त्यसैले पनि समान सहभागिताले सफलता दिलाउँछ’ उनले भने । अभिनेता हमालले एकै क्षेत्रको भएकाले विवाह पश्चात झनै सहज हुने बताए ।

एकै क्षेत्रको हुनुहुन्छ । एक अर्कालाई राम्रै बुझ्नु भएको छ । बुझ्ने पार्टनर पायो भने  विवाह सुनमा सुगन्ध नै हुन्छ’ अभिनेता हमालले भने । एक अर्कालाई राम्रोसँग बुझ्यो भने वैवाहिक जीवनको छुटै आनन्द आउने उनले बताए । आइतबार राती अबेरसम्म चलेको पार्टीमा अभिनेता हमालसँगै भुवन केसी, गायक राम कृष्ण ढकाल, राजेश पायल राई, नायक पुष्प खड्का, नायिका नन्दिता केसी, नम्रता सापकोटा, नेता रविन्द्र मिश्र, कलाकार जितु नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ०५ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल