'मजदुरको कथालाई लभ स्टोरी मार्फत देखाएका छौँ' | Khabarhub Khabarhub

‘मजदुरको कथालाई लभ स्टोरी मार्फत देखाएका छौँ’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आकाशसँगै पूजा शर्मा र छुल्ठिम गुरुङ, सुनिल थापा लगायतका कलाकारहरू छन् । दार्जिलिङ्गमा छायांकन गरिएको फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् । प्रेम र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सम्झना बिर्सना’ बाट पहिलोपटक नेपाली फिल्ममा निर्देशकीय डेब्यु गरेका प्रधान फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने सेतु बन्ने बताए ।

उनले कला र संस्कृति जोडिएको हुँदा पनि नेपाल आउँदा छुट्टै राष्ट्र आएको आभाष नहुने बताउँदै फिल्मले पनि एकै रहेको सन्देश दिने बताए । नेपाली फिल्म निर्माणमार्फत दार्जिलिङलाई पनि फिल्म उद्योगको रुपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । त्यहाँ नेपालकै संस्कृति र शैली रहेकाले पनि नेपाली कलाकारलाई चिन्ने मात्र नभई फ्यान पनि धेरै छन् । अभिनेता आकाशले पनि दार्जिलिङमा नेपाली फिल्म र कलाकारलाई माया गरेको महसुस गरे । ‘यताका कलाकार उता गएर काम गर्ने सक्नेछन् ।

फिल्मले दुई देशको मित्रता झल्काउँछ र माया पनि,’ आकाशले भने । कन्यामको चिया बगानमा काम गर्ने मजदुरको अवस्था देखाउन देखाउने फिल्ममा बगानमा काम गर्ने मजदुर उचित पारिश्रमिक र मानवीय आवश्यकताबाट समेत बञ्चित भएको कथा छ । अभिनेता आकाशले नेपालभन्दा बाहिरको प्रोजेक्टमा पहिलोपटक काम गरेकाले चुनौती अवश्य रहेको बताए ।

उनले फिल्ममा चिया बगानको मालिकको चरित्रमा अभिनय गरेका छन् । उनी यस किसिमको प्रोजेक्टलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिन्छन् । ‘उहाँहरु दार्जिलिङ्गबाट नेपाली फिल्म बनाउनु आउनु भयो । हामीले हाम्रै संस्कृति रहेको ठाउँमा काम गर्दा हाम्रो प्रचारप्रसार पनि उत्तिकै हुन्छ । उहाँहरूलाई फिल्म बनाउन प्रोत्साहन पनि मिल्छ’ आकाशले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ३० बजे

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले