सेयर बजारमा सामान्य सुधार « Khabarhub

सेयर बजारमा सामान्य सुधार


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुँजी बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा आएको छ । तीन दिन लगातार दबाब खेपेको बजारले मंगलबार भने सकारात्मक संकेत दिएको हो ।

विगत ११ महिनादेखि समग्रमा बजार डाउन ट्रेन्डमा छ । करिब ३२ सय हाराहारीमा पुगेपछि बजारले ओरालो यात्रा समाएको हो । यसबीचमा नेप्से कहिलेकाहीँ बढे पनि औसतमा तलै झर्ने प्रवृत्तिमा देखियो । बजारले करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण गुमायो । सेयर भाउहरू ७०५ सम्म घट्यो । ५२ साताको औसत मूल्यभन्दा पनि भाउ तल आइसकेको छ ।

यतिबेला सेयर बजार मौद्रिक नीतिको पर्खाइमा छ । नयाँ नीतिबाट सेयर धितो कर्जामा ४–१२ करोडको सीमा हटेमा बजारले गति लिन सक्ने अनुमान गरिएको छ । यस्तै, बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ४४ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप