एपेन्डिसाइटिसको समस्या, जोखिम र उपचार विधि | Khabarhub Khabarhub

एपेन्डिसाइटिसको समस्या, जोखिम र उपचार विधि



पछिल्लो समय एपेन्डिसाइटिसको समस्या बढ्दै गएको छ। एकपछि अर्को गरेर बढ्दै गएको एपेन्डिसाइटिसको समस्या भित्रभित्रै मानिसको स्वास्थ्यको लागि जोखिम निम्त्याउने विषय पनि हो। तर, आम मानिसमा एपेन्डिसाइटिसबारेको धारणा भने असाध्यै कमजोर छ।

हाम्रो पेटभित्र ठूलो आन्द्रा र सानो आन्द्रा जोडिएको ठाउँ नजिकै ठूलो आन्द्राबाट ७ सेन्टिमिटर लामो आन्द्रा निस्किएको हुन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुन्छ। यो आन्द्रा सानो हुने भएकाले ब्लक हुदाँ इन्फेक्सन हुने सम्भावना हुन्छ। एपेन्डिसाइटिस हाम्रो पेटको दायाँतिरको तल्लो भागमा हुनेगर्छ। त्यही ठाउँमा दुख्ने गर्छ।

हामीले हेर्दा सिम्पल देखिए पनि एपेन्डिसाइटिस पत्ता लगाउन जटिल हुनेगर्छ। एपेन्डिसाइटिस अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई गरेर देखिँदैन। चिकित्सक वा सर्जनले बिरामीलाई के भएको भनेर राम्रोसँग सोधपुछ गरेपछि मात्र यो रोग पत्ता लाग्छ।

लिम्फोइड टिस्युहरु बढी हुदाँ आन्द्रा ब्लक
हामी सबैले बुझनुपर्ने कुरा एपेन्डिक्समा रोग लाग्यो भने या इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुनेगर्छ। यो सानो आन्द्रा र ठूलो आन्द्रामा जोडिएको ठाउँ नजिकै ठूलो आन्द्राबाट एउटा आन्द्रा निस्कन्छ। यो आन्द्रालाई एपेन्डिक्स भनिन्छ। यो आन्द्रामा इन्फेक्सन भयो भने एपेन्डिसाइटिस हुनेगर्छ।

दश वर्षदेखि तीस वर्षसम्मका मानिसमा यो समस्या धेरै देखिन्छ। यो आन्द्रामा लिम्फोइड टिस्युहरु बढ्यो भने ब्लक हुन्छ। कतिपय अवस्थामा साह्रो दिशा आएको छ भने त्यसले पनि ब्लक गर्छ र इन्फेक्सन बढ्दै जान्छ।

यदि समयमै उपचार गरिएन भने पाक्ने, पिप जम्ने र फुट्ने हुन्छ। यो अवस्थालाई एड्भान्स एपेन्डिसाइटिस भन्ने गरिन्छ। यसको मुख्य कारण भनेको लिम्फोइड टिस्युहरु बढी हुँदा आन्द्रा ब्लक हुने हुन्छ।

देखापर्ने लक्षण
सुरुमा एपेन्डिसाइटिस सुरु हुदाँ नाइटोको वरिपरी दुख्ने गर्छ। इन्फेक्सन बढ्दै जाँदा हाम्रो पेटको दायाँतिरको तल्लो भागमा दुख्ने गर्छ। बिरामीलाई भोक नलाग्ने, खाना खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउने हुन्छ।

चिकित्सकले पेटको तल्लो भागमा भएको पोइन्ट थिच्दा दुख्ने र थिचेर छोड्यो भने झन धेरै दुख्ने हुन्छ। रगत जाँच गर्दा डब्लुभिसी बढेको पाइन्छ।

सबै खालको दुखाई एपेन्डिसाइटिस हुँदैन। शंका लाग्यो भने जाँच गनुपर्छ। १ वर्षमा एक लाख जना मध्ये सय जनालाई एपेन्डिसाइटिस हुनेगर्छ।

सुरुवाती अवस्थामा अप्रेसन
सुरुमा हुने एपेन्डिसाइटिस सुरुवाती एपेन्डिसाइटिस हो। यो अवस्थामा खतरा कम हुन्छ। यदि एपेन्डिक्स पाक्दै गयो, पिप जम्दै गयो र फुट्यो भने कम्पिलीकेटेड वा एड्भान्स एपेन्डिसाइटिस भएको मानिन्छ।

एपेन्डिक्स फुट्यो भने खतरा धेरै हुन्छ। प्राय १ वा २ दिनमै अप्रेसन गर्न सकिएन भने खतरा हुन्छ। विभिन्न अनुसन्धानले २ दिनपछि एपेन्डिक्स फुट्ने सम्भावना रहेको देखाएको छ। सुरुवाती अवस्थामै अप्रेसन गरियो भने बिरामीलाई पनि कुनै समस्या हुँदैन।

नेपालको पछिल्लो अवस्था
अस्ति भर्खर मात्र बाजुराबाट एक जना बिरामी आउनु भएको थियो। उहाँले ६, ७ दिनसम्म धामीझाँक्री गरेर निको नभएपछि उपचारको लागि आउनुभएको रहेछ। हामीले जाँच गर्दा एपेन्डिक्स फुटेर, पिप जमेको थियो।

हामीले उहाँको परिवारको सदस्यलाई राखेर ५० प्रतिशत मात्रै ठिक हुने चान्स छ, रिक्स लिन चाहानुहुन्छ या के गर्ने भनेर सोध्दा अप्रेसन गर्ने भन्नुभयो। उहाँलाई ठिक हुन ७, ८ दिन लाग्यो। चार दिन आईसीयूमा राख्दा खर्च पनि धेरै लाग्यो। यहि केस सुरुमै आएको भए ल्याप्रेसकपी विधिबाट नचिरिकनै दुर्विनबाट उपचार गरेर २४ घण्टामै बिरामीलार्य घर पठाउन सकिन्थ्यौ।

यो एकदमै जनचेतना फैलाउने खालको रोग हो। यदि समयमै उपचार गरिएन भने ज्यानै जाने खतरा हुन्छ। यो समस्यालाई सामान्य रुपमा लिनु हुँदैन। शंका लागेपछि अस्पताल गएर जाँच गरिहाल्नुपर्छ।

उपचारको प्रक्रिया
बिरामी एकदमै कम्पिलकेटेड भएको अवस्थामा इमर्जेन्सीमा आउनुहुन्छ। अरु कुनै रोग लागेको छ छैन सबै जाँच गरिन्छ। कसैलाई ग्यास्ट्राइटिस भएको जस्तो लक्षण लिएर आउनुहुन्छ। ठिक भएर घर गएको भोलिपल्ट दुखाई पनि पेटको दायाँतिरको तल्लो भागमा सर्ने गर्छ। यस्तो भयो भने एपेन्डिसाइटिस भएको भनेर थाहा पाउनुपर्छ। एपेन्डिसाइटिसको उपचार गर्न गाह्रो हुने गर्छ।

सर्जनले मेहेनतका साथ सोधेर, जाँच गरेर पत्ता लाग्ने विषय हो। अल्ट्रासाउन्ड गर्दा पनि ५०, ६० प्रतिशत भन्दा बढी पत्ता लाग्दैन। सिटिस्क्यान गर्यो भने ९० प्रतिशत मात्र पत्ता लाग्छ। अल्ट्रासाउन्ड र सिटिस्क्यानले पत्ता नलागेको बेला एपेन्डिसाइटिस भएको होइन भन्ने लाग्छ। तर, सर्जनको कुरा सुनेर अघि बढ्नुपर्छ।

शहरी क्षेत्रमा भएका व्यक्ति सुरुवाती अवस्थामानै अस्पताल पुग्ने गर्नुहुन्छ। गाउँघरमा एपेन्डिसाइटिस फुटेर जटिल भएको र ज्यान नै गुमाउनु परेको सुन्दा सचेतना गराउनुपर्ने देखिन्छ।

एपेन्डिक्स फुट्दा ज्यान जाने जोखिम
एपेन्डिक्स फुटिसकेपछि ४० देखि ५० प्रतिशत जोखिम बढ्ने गर्छ। एपेन्डिसाइटिसको सुरुवाती अवस्थामा कुनै पनि सर्जरीको जोखिम एक जनामा हुनेगर्छ। एपेन्डिक्सको सुरुवाती चरणमा अप्रेसन गर्दा हजारमा एक जनाको मृत्यु हुन्छ भनिएको छ। तर, एपेन्डिक्स फुटेर अप्रेसन गरियो भने सयमा पचास जनाले ज्यान गुमाउने जोखिम हुन्छ। कुनै पनि उपचार राम्रो हुन दुई वटा फयाक्टर चाहिन्छ। एउटा चिकित्सकले राम्रो उपचार गरेको हुनुपर्छ। अर्को बिरामीले शरीरले लिन सक्नुपर्छ। एपेन्डिसाइटिस मात्र नभएर अरु रोगको लागि पनि सुरुवाती अवस्थामा उपचार गर्नु राम्रो हुन्छ।

उपचार गरिसकेपछि ध्यान दिने कुरा
उपचार गरेपछि धेरै जनालाई ठिक हुन्छ, कुनै समस्या आउदैन। तर, कहिलेकाहीँ वृद्धवृद्धामा क्यान्सर भएको हुन्छ। यस्तो अवस्थामा एपेन्डिसाइटिसको लक्षण देखिन्छ। गर्भवती महिला, बालबालिकाको केसमा एपेन्डिसाइटिसको सुरुवाती अवस्थामै उपचार गर्नुपर्छ।

जुनसुकै पेटको अप्रेसन गरेको मानिसलाई आन्द्रा टाँसिने समस्या हुन्छ। पेट दुख्ने, उल्टी हुने, दिशा रोकिने हुन्छ। यस्तो अवस्थामा अलि ध्यान दिनुपर्ने हुन्छ।

समस्या आउन नदिन के गर्ने ?
एपेन्डिसाइटिस भएको शकां लाग्ने बित्तिकै अस्पताल गएर जाँच गराउने। तनाव नलिने कुनै पनि समस्याको आवश्यकता भन्दा बढी तनाव नलिने, शारीरिक व्ययाम गर्ने गर्नुपर्छ।

यसका साथै दैनिक पछिल्लो समय योगा र मेडिटेसन गर्ने, रेशादार खानेकुरा खाने, पानी धेरै खाने, गर्नुपर्छ। जीवनयापन स्वस्थ भयो भने कुनै पनि समस्या आउँदैन। (डा. कमल कोइरालासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २९ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको