उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै « Khabarhub

उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ ।

सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा सांसद् वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष पदमा महिला चयन हुनुपर्ने भएकाले नै सरकार र राजनीतिक दलको ध्यान नपुगेको बताएका थिए। प्रतिनिधिसभाको बैठकमा पनि सांसद्‍हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : २९ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम