हरेक बिहानी गर्नुस् यी काम तपाईको दिन शुभ हुन्छ « Khabarhub

हरेक बिहानी गर्नुस् यी काम तपाईको दिन शुभ हुन्छ


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दिनको सुरुवात बिहानीबाट भएजस्तै हाम्रो दैनिकी पनि बिहानबाटै सुरु हुन्छ । दिन शुभसँग बितोस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले दिनलाई शुभ बनाउन बिहानीको संघर्ष अपरिहार्य हुन्छ ।

त्यसका लागि तपाईले बिहान नियमियत रुपमा केही त्यस्ता नित्यकर्म गर्नुपर्छ जसका कारण तपाईको दिन शुभसँग बितोस् । दिनभर सकारात्मक सोच पलाउन सकोस् ।  यसका लागि तपाई बिहान सबेरै उठ्नुपर्ने हुन्छ । राति समयमै सुतेर बिहान सबेरै उठ्दा तपाईको ज्यान फूर्तिलो बन्छ । दिनभरको आलश्यता पनि कम हुन्छ ।

जति सक्यो सबेरै उठेर आफ्ना क्रियाकलाप शुरु गर्नतर्फ लाग्नुस् । पूजा पाठ, व्यायाम, प्रणायम गर्नुस् । व्यायाम हिँडाइ वा योग सबै गर्न उपयुक्त समय पनि बिहान नै हो । बिहानको स्वच्छ हावाले शरीरलाई थप फाइदा दिन्छ ।

बिहानको हिँडाइ तथा व्यायामले पूरै दिन ताजगी र उत्साहमय बन्छ । बिहान ४ बजेदेखि ९ बजेसम्म हाम्रो शरीरमा ‘सिम्पेथेटिक प्रणाली सक्रिय हुन्छ । यसले गर्दा शरीरमा अधिक एड्रेनलिन उत्पादन र वितरण हुनुका साथै उच्च रक्तचाप एवम् अधिक मुटुको गति वा धड्कन हुने गर्छ ।

त्यसैले बिहानको हिँडडुल व्यायाम वा योगले अवस्था स्थिर बन्छ । बिहानको योग वा व्यायामले शरीरको क्षमता विकास हुन्छ र शरीरको रोग निर्मुल पार्न प्रतिरक्षा प्रर्णाली बलियो बन्छ ।

सवैभन्दा महत्वपूर्ण कुरा सकारत्मक सोच नै हो । मानिसको चेतना जहाँसम्म छ, मानिसले गर्ने त्यही हो । त्यसैले आफ्नो चेतनास्तर केही माथि उठाउँदै पहिलो चरणमा सकारत्मक सोच बनाउने बानीको विकास गर्नुस् ।

यसका लागि पूजा पाठ धर्मकर्मतर्फ नै लाग्नुपर्छ भन्ने छैन । मनपर्ने मान्छेहरुसँग भेटघाटका लागि निस्किनुस्, सकारात्मक सोचका साथ बातचित् गर्नोस् । अर्को महत्वपूर्ण कुरा रिस त्याग्ने प्रण गर्नुस । तपाईका हरेक दिन शुभ रहनेछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ४१ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य