'पुष्पा २' लाई लिएर विभिन्न चर्चा | Khabarhub Khabarhub

‘पुष्पा २’ लाई लिएर विभिन्न चर्चा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ ।

फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो । उनको पुराना फिल्महरू समेत चर्चामा आए। उनी अभिनीत फिल्म ‘अला वैकुण्ठपुरमलु’ त रि- रिलिज हुने विषयले निकै चर्चा समेत पायो।

दर्शक पछिल्लो समय ‘पुष्पा २ : द रुल’ को प्रतीक्षामा छन् । फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्क्रिप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ। यसको दोस्रो भागमा पुष्पाकी श्रीमती बनेकी रश्मिका मन्दना अर्थात् श्रीवल्लीको मृत्यु हुने बताइएको छ । उनलाई फिल्मका खलनायक फहाद फसिलले मार्ने हल्ला सामाजिक सञ्जालमा छ । तर यसको औपचारिक पुष्टि अहिलेसम्म नभएको बलिउड लाइफले जनाएको छ। पोर्टलको अनुसार यो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसका साथै पुष्पाको सिक्वेलमा यश जोडिन सक्ने अनुमान पनि दर्शकले सामाजिक सञ्जालमा गरिरहेका छन् । पछिल्लो समय सिनेम्याटिक युनिभर्स क्रिएट गर्ने संख्या बढिरहँदा दर्शकले यस्तो अनुमान लगाएका हुन् । यसका साथै पुष्पाको सिक्वेलमा अन्य एक दमदार भिलेन पनि हुन् सक्ने अनुमान लगाइएको छ । सिन्डिकेट चलाउने व्यक्तिको रूपमा उनको प्रवेश हुन् सक्ने अनुमान लगाइएको छ  । यद्यपि यी सब विषयमा पुष्पाको टिमले केही प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : ०२ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।