‘गीत गोविन्दम’ को राइट्स रोहितसँग « Khabarhub

‘गीत गोविन्दम’ को राइट्स रोहितसँग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् । गाडी उडाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट, गोलमाल सिरिज, चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ । उनलाई सोच्दा नै एक्सन, कमेडी फिल्मको रूपमा दर्शकले बुझ्ने गरेका छन्।

रोहितले लभ स्टोरीलाई पनि एक्सनको सेटअपमा देखाउने गर्छन् । चेन्नई एक्सप्रेस, दिलवाले जस्ता फिल्मको केन्द्रीय द्वन्द्व प्रेम भएता पनि उनले एक्सनको पटकथामा ढाले। यिनै रोहितले हिट साउथ इन्डियन फिल्म ‘गीता गोविन्दम को हिन्दी रिमेक लिएका छन् ।

उनले यसको रिमेक लिने समयमा साउथका फिल्महरू हिन्दीमा कमै सङ्ख्यामा रिलिज हुन्थे । तर, पछिल्लो समय अवस्था फेरिएको छ । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले हिन्दी भाषामा राम्रो व्यापार गरेपछि यति बेला साउथ इन्डियन फिल्महरू सिधै हिन्दीमा सेम डेटमै आउन थालेका छन् ।

दक्षिण भारतीय फिल्म नगरीमा तेलुगु भाषामा बनेको सफल फिल्म ‘गीता गोविन्दम’ को रिमेक बलिउडमा रोहितले आफैँ निर्देशन गर्छन् वा अरू कसैलाई दिन्छन् भन्ने चर्चा चलिरहेको छ । रोहितले आफ्नो समयलाई गोलमाल ५ र सिम्बाको कथाको लागि सदुपयोग गरिरहेका छन् । यसैले गर्दा पनि ‘गीता गोविन्दम’ को काम अगाडि बढ्न सकेको छैन ।

साउथ इण्डियन फिल्म ‘गीता गोविन्दम’ जम्मा ५ करोडमा बनेको थियो । यसले बक्स अफिसमा झन्डै १ सय ३२ करोडको आसपासमा कलेक्सन गरेको हो । यसैले गर्दा पनि यसलाई बलिउडमा रुचाइने विश्वास छ । फिल्ममा ‘अर्जुन रेड्डी’ का हिरो विजय देवरकोण्डा मुख्य भूमिकामा छन् । उनीसँगै फिल्ममा रश्मिका मन्दना, निथ्या मेनन लगायतको अभिनय रहेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ३८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका