मलिका भन्छिन् 'फिल्मको काम देखिन बाँकी छ' | Khabarhub Khabarhub

मलिका भन्छिन् ‘फिल्मको काम देखिन बाँकी छ’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा : द म्युजिकल भ्लग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ मा अभिनय गर्ने वर्कशपमा समेत सहभागी भएकी मलिकाले फिल्म छाडिन् । उक्त फिल्म अझै बन्न सकेको छैन ।

मलिकाले अभिनेत्रीकै रूपमा अगाडी बढाइरहेको करियरलाई कोरोना भाइरसको महामारीले ब्रेक लगायो । डेब्यु फिल्म फ्लप भएपछि मिडियामा खासै नोटिस नभएकी मलिका फिल्म मार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियोले दर्शकको मन जित्यो । ‘फूलबुट्टे’ सारी’ मार्फत भिडियोमा उदाएकी मलिकालाई आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीतमा दर्शकले सर्वाधिक रुचाएका छन् । म्युजिक भिडियोमा खोजिने नाम बनिसक्दा पनि फिल्मबाट भने उनको चिनारी बन्न सकेको छैन ।

उनले अभिनय गरेको फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा प्रदर्शन हुँदैछ । फिल्ममा अभिनय गर्नु अगाडि उनले अडिसन समेत दिएकी थिइन् । फिल्मका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले उनले भूमिकालाई न्याय गरेकै कारण कास्ट गरेको बताएका छन् । ‘मलिकाको सुन्दरता अभिनयमा पनि देखिनेछ’ उनले एक अन्तर्वार्ताको क्रममा भनेका थिए ।

यिनै मलिकाले आफूले खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधानसँग काम गर्न पाउँदा धेरै सिकेको बताएकी छिन् । ‘मेरो लागि यो फिल्म सिकाइ पनि भयो । मैँले व्यक्तिगत रूपमै सम्मान गर्ने नामहरूसँग काम गर्न पाउँदा त्यसलाई अवसरको रूपमा लिए । यी सिकाइलाई म आउँदो समयमा उपयोग गर्ने छु’ उनले भनिन् । फिल्ममा ‘इन’ हुँदा के कस्तो होला ? भन्ने जिज्ञासा उनलाई पनि थियो । तर , को-स्टारहरूको सहजता कै कारण उनले सजिलै काम गरिन् । अडिसन मार्फत छानिएकी मलिकाले आफ्नो काम फिल्म हेरेपछि थाहा हुने बताइन ।

 माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाइने फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ३० बजे

पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं – नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु 

इलाम – पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई

प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूलाई इजराइलको कडा चेतावनी

जेरुसेलम – इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग