पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव | Khabarhub Khabarhub

पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।

सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै महङ्गी बढ्दै गएको, मलखाद उपलव्ध गराउन नसकेको लगायतका बिषयमा सरकार क्रियाशिल हुनुपर्ने सुझाव पनि आएको उनले । त्यस्तै आगामी निर्वाचनमा आवश्यकता अनुसार बिभिन्न स्थानमा तालमेल गर्नुपर्ने सुझाव पनि आएको उनले बताए ।

पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर क्रियाशिल गराउनुपर्ने सुझावहरु पनि आएको प्रवक्ता महतले बताए । उनले केन्द्रीय सदस्यहरुले राखेका प्रश्नको जवाफ दिएर बिहीबार नै बैठक समापन गर्ने तयारी रहेको जानकारी दिए ।

बैठकमा बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए भने त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध गुटबन्दी गरेको आरोप लगाएका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ३६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

बेलायत– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि…

हुम्ला– कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८