भरतपुर महानगरमा ०.५६ प्रतिशत बेरुजु | Khabarhub Khabarhub

भरतपुर महानगरमा ०.५६ प्रतिशत बेरुजु


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा छ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो । उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६.५७ प्रतिशत छ भने भरतपुरको ०.५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको ९.८० प्रतिशत, ललितपुरको ८.०६ प्रतिशत, काठमाडौँको ५.४० प्रतिशत र पोखराको ५.३५ प्रतिशत रहेको छ । छ महानगरको  समग्रमा बेरुजु ६.१३ प्रतिशत हुन आउँछ । 

पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५.१३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको ४.०३ प्रतिशत, काठमाडौँको ४.६४ प्रतिशत, पोखराको ५.१७ प्रतिशत र भरतपुरको ०.२५ प्रतिशत रहेको छ । बेरुजुमध्ये पेश्की रकममा विराटनगरको छ करोड १७ लाख, वीरगञ्जको  एक करोड ३३ लाख, ललितपुरको  २७ करोड ७२ लाख, काठमाडौँको रु १५ करोड छ लाख, पोखराको  एक करोड ७९ लाख र भरतपुरको तीन करोड ५३ लाख रहेको छ । प्रतिवेदनमा म्याद नाघेको पेश्की समेतको बेरुजु विराटनगरको ७१ करोड १५ लाख, वीरगञ्जको  ७६ करोड २८ लाख, ललितपुरको ५५ करोड ४० लाख, काठमाडौँको एक अर्ब छ करोड ७४ लाख, पोखराको रु ५४ करोड ६१ लाख र भरतपुरको  छ करोड ४५ लाख रहेको छ ।

महालेखाले विराटनगरको चार अर्ब २९ करोड ५२ लाख, वीरगञ्जको सात अर्ब ७८ करोड ४२ लाख, ललितपुरको छ अर्ब ८७ करोड ३५ लाख, काठमाडौँको  १९ अर्ब ७७ करोड ६० लाख, पोखराको  १० अर्ब २१ करोड ४६ लाख र भरतपुरको ११ अर्ब ५५ करोड ७६ लाखको लेखापरीक्षण गरेको थियो । महालेखाले छ महानगरपालिकाको  ६० अर्ब ५० करोड ११ लाखको लेखापरीक्षण गरेको प्रतिवेदनमा जनाइएको छ । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छौट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए ।

 ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो । महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शितामा यो महानगर अग्रणी रहेको प्रतिवेदनले देखाएको बताए । उनले भने, ‘जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययिततामा हामी प्रतिबद्ध छौँ ।’ सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटोछरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिए । महानगरका जनप्रतिनिधिले अतिरिक्त सेवा सुविधा नलिएको र सुशासनमा जोड दिएका थिए  । 

उनले भने, ‘आम महानगरवासीले काम गर्दा प्रचलित नीति नियमलाई पालना गरिदिन अनुरोध गर्दछु ।’ कर्मचारीले भनेअनुसारका कागजपत्र तयार गरेर पारदर्शी ढङ्गबाट काम गर्दा बेरुजु नआउने र कामको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो । देशका छ महानगरमा सङ्घ र प्रदेशकोसमेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १२ : २९ बजे

रेड पान्डाको छालासहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित

बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष

ढोरपाटन– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई म्याग्दीबाट जोड्न थालिएको

एक्लियो रास्वपा : सत्ता पक्षले घेर्दा प्रतिपक्षीले पनि देखाए रातोझण्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

काठमाडौं– नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड सहयोग

काठमाडौं– नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड