प्रधानसेनापतिको चीन भ्रमण– २ अर्ब ४१ करोडको सहयोग सम्झौतामा हस्ताक्षर « Khabarhub

प्रधानसेनापतिको चीन भ्रमण– २ अर्ब ४१ करोडको सहयोग सम्झौतामा हस्ताक्षर


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका प्रधानसेतापति पूर्णचन्द्र थापाले १ सय ५० मिलियन चिनियाँ युआन (करिब २ अर्ब ४१ करोड रुपैयाँ) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चिनियाँ जनमुक्ति सेनाले मानवीय सहयाता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत नेपाली सेनालाई २ अर्ब ४१ करोड रुपैयाँ बराबरका विभिन्न उपकरणहरु सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ती सेनाका प्रमुख ली जुओचेङसँग शिष्टाचार भेटवार्ता समेत गरे ।

प्रधानसेनापति थापाले बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको मुख्यालयको समेत निरीक्षण गरे । प्रधानसेनापति थापाको सम्मानमा जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गर्‍यो ।

असार १ गते चीन भ्रमणमा निस्किएका प्रधानसेनापति थापा भ्रमण समाप्त गरी ७ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ५७ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६