नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितो पत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

शुक्रबार आव २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् ।

कारोबारमा आएका २३१ धितोपत्रमध्ये दुई धितो पत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता  ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर खरिदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरिदबिक्री भएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरिदबिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत घटेको हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ४३ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको