यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो दिन | Khabarhub Khabarhub

यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो दिन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा सोच अनुरूप नै व्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।

निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधानको निर्माण रहेको फिल्ममा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरूबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उतारचढावलाई रोमान्चक तवरले केलाइएको फिल्ममा छुल्ठिम गुरुङ, सुनील थापा र शिशिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् । 

देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको फिल्म दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको फिल्म शिव ढकालले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्मको शीर्ष सम्झना- बिर्सना केही दिनमै दर्शकमाझ ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ४१ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्