यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो दिन « Khabarhub

यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो दिन


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको छ । आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा रहेको फिल्मले प्रदर्शनको पहिलो दिन देशभरका हलमा सोच अनुरूप नै व्यापार गरेको जानकारी निर्माण पक्षले दिएको छ ।

निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधानको निर्माण रहेको फिल्ममा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् । उनीहरूबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उतारचढावलाई रोमान्चक तवरले केलाइएको फिल्ममा छुल्ठिम गुरुङ, सुनील थापा र शिशिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् । 

देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको फिल्म दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको फिल्म शिव ढकालले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गरेको फिल्मको शीर्ष सम्झना- बिर्सना केही दिनमै दर्शकमाझ ल्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ४१ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन