‘गुठी विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भयो’ « Khabarhub

‘गुठी विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भयो’


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरीले गुठीसम्बन्धी कानूनहरु एकीकरण गर्न बनेको विधेयक फिर्ता लिएर भूमिहीन किसानको गास–बास खोस्ने काम भएको बताएकी छन् ।

सरकारले गुठीहरुलाई व्यवस्थित र एकीकृत गर्न विधेयक ल्याउँदा खुसी भएका भूमिहीन किसानहरु विधेयक फिर्ता लिइएपछि निराश बनेको पनि चौधरीको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको विषयमा भ्रामक प्रचार गरेको पनि बताए ।

‘सामन्तवादी सोच भएका र खास गरेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो,’ चौधरीले भने ।

गुठी विधेयक फिर्ताले गुठीपीडीत किसानहरुको भावनामा ठूलो चोट पुगेको पनि सांसद चौधरीको भनाइ छ । ‘गुठी विधेयक फिर्ताले गुठीपीडीत किसानहरुको भावनामा ठूलो ठेस पुगेको छ,’ चौधरीले भनिन् ।

धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भइरहेको पनि चौधरीले आरोप लगाइन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ४२ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने