प्रधानमन्त्रीलाई सांसदको प्रश्न– ग्यासको पाइपलाइन कहाँ पुग्यो ? | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई सांसदको प्रश्न– ग्यासको पाइपलाइन कहाँ पुग्यो ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद संजय गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनतालाई ढाँट्ने काम भएको बताएका छन् ।

घर–घरमा पेट्रोलको पाइप लाइन, पानीजहाजको कुरा गरेर प्रधानमन्त्रीबाट जनतालाई ढाँट्ने काम भएको गौतमको भनाइ छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गौतमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त नगरिएको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘आज वाइडबडीको कुरा पनि प्रधानमन्त्रीज्यूलाई नै सोध्नुपर्ने भएको छ । पर्यटन क्षेत्रमा यत्रो ठूलो अराजकता छ, यत्रो ठूलो अनियमतिता छ । नेपाल बायुसेवा निगमले करोडौं घाटा व्यहोरिरहनु परेको छ, प्रधानमन्त्री ज्यू आफैंले ठेक्का लिएर बस्नुभा’छ ’ गौतमले भने, ‘यत्रा सांसदज्यू हुनुहुन्थ्यो, कसैलाई मन्त्री बनाइदिएको भए हुन्थ्यो । जिम्मेवारी दिइदिएको भए हुन्थ्यो । मुलुकले कमसेकम बाटो लिन्थ्यो ।’

सांसद गौतमले सरकारले कनेक्टिभिटीलाई ध्यान नदिँदा पर्यटन क्षेत्रको विकास नभएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  २ : १३ बजे

यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय र

क्रिमिया रुसलाई दिने प्रस्ताव अस्वीकार गरेपछि जेलेन्स्कीसँग ट्रम्प फेरि आक्रोशित

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिमियामाथि रुसको अधिकार नमानेर

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

रोहितको ब्याट चल्दा मुम्बईको लगातार चौथो जित : पुग्यो तालिकाको तेस्रो स्थानमा

काठमाडौं – लगातार चौथो जित हात पारेको मुम्बई इन्डियन्स इन्डियन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख