गुठी विधेयकमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्छ– गच्छदार « Khabarhub

गुठी विधेयकमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री राजीनामा दिन तयार हुनुपर्छ– गच्छदार


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट फिर्ता लिइएको विवादित गुठी विधेयकको सम्बन्धमा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजनीतिमा दिनुपर्ने विषय उठेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले विधेयकका सम्बन्धमा नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्रीले पदबाट राजनीमा दिन तयार हुनुपर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गच्छदारले भने, ‘भर्खरै ल्याएको विधेयक फिर्ता लियो । विधेयक ल्याउनुभन्दा अगाडि सरकारले यसबारेमा गृहकार्य गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? यति सजिलै संग भन्दिने ? गुठी विधेयक ल्यायो । मनोमानी ढंगले अनि फिर्ता गर्‍यो । फिर्ता गर्नु बहादुरी होइन,’ गच्छदारले भने, ‘सरकारको कार्यकारी प्रमुखको नाताले गल्ती विधेयक ल्याएर, संविधान विरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ । उहाँले नैतिक रुपले जिम्मा लिनुपर्छ । राजीनामा पनि दिन तयार हुनुपर्छ । म राजीनामा त्यसै माग्दिन दुई तिहाई बहुमतको सरकार छ ।’

सरकारले धेरै विधेयकहरु संविधानको मर्म र भावना विपरित ल्याउने काम गरिरहेको पनि गच्छदारले आरोप लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै गच्छदारले भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कसलाई अधिकार दिएको छ ? कुन जनताले अधिकार दिएको छ ? कुन संविधानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ ? तपाई संविधान विरोधी विधेयक ल्याउनुहोस् । कानुन ल्याउनुहोस् र संविधानको मुल्य र मान्यतालाई प्रहार गर्नुहोस् । हनन गर्नुहोस् । कसले अधिकार दिएको छ ? प्रधानमन्त्री स्वेच्छाचारी हुन सक्दैन ।’

मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद लाद्नका लागि प्रधानमन्त्रीले सबै संयन्त्रलाई आफु मातहत राख्न खोजेको पनि गच्छदारको आरोप थियो । ‘कस्तो अधिकार प्रधानामन्त्री ज्यूलाई चाहिएको छ ? के अधिकार चाहिएको प्रधानमन्त्री जीलाई ? म उहाँको इन्टेन्सनमाथि प्रश्न खडा गर्न चाहन्छु,’ गच्छदारले भने ।

गच्छदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको ४ अर्ब ६५ करोड ६८ लाख रुपैयाँमा १ सय रुपैयाँ कटौती गर्न प्रस्ताव गरे ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  २ : ४९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने