भारतद्वारा अर्थतन्त्रमा सुधार गर्ने घोषणा « Khabarhub

भारतद्वारा अर्थतन्त्रमा सुधार गर्ने घोषणा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले अर्थतन्त्रको गतिलाई तीब्र पार्ने दिशामा थप सुधारको घोषणा गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले संसद्को दुबै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै कृषि क्षेत्रमा अधिक लगानी तथा साना र घरेलु उद्योगलाई बिनाधितो ऋण उपलब्ध गराइने घोषणा गरेका हुन् ।

उनको भाषणामा हाल भारतमा मुद्रास्फिती कम रहेको, आर्थिक घाटा पनि न्यून रहेको, विदेशी विनिमयको सञ्चिती बढिरहेको र चाँडै भारत विश्वको पाचौं ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको जनाएका हुन् ।

भारतमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दको भाषण सार्वजनिक भएको हो । नवनियुक्त भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी जुलाईमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : २८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,