भारतद्वारा अर्थतन्त्रमा सुधार गर्ने घोषणा « Khabarhub

भारतद्वारा अर्थतन्त्रमा सुधार गर्ने घोषणा


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले अर्थतन्त्रको गतिलाई तीब्र पार्ने दिशामा थप सुधारको घोषणा गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले संसद्को दुबै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै कृषि क्षेत्रमा अधिक लगानी तथा साना र घरेलु उद्योगलाई बिनाधितो ऋण उपलब्ध गराइने घोषणा गरेका हुन् ।

उनको भाषणामा हाल भारतमा मुद्रास्फिती कम रहेको, आर्थिक घाटा पनि न्यून रहेको, विदेशी विनिमयको सञ्चिती बढिरहेको र चाँडै भारत विश्वको पाचौं ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको जनाएका हुन् ।

भारतमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दको भाषण सार्वजनिक भएको हो । नवनियुक्त भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आगामी जुलाईमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ३ : २८ बजे

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?

काठमाडौँ- संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले २२ गतेलाई तारेख दिएको