सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए « Khabarhub

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, जिल्ला इन्चार्ज मारिए


५ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच सर्लाहीमा गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा विप्लव समूहका एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको र दोहोरो झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरीको भनाइ छ । उनी नेकपाका सर्लाही इन्चार्ज रहेको प्रहरीले दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै प्रहरी टोलीले थप अनुसन्धान गरिररहेको खबरहबसँग बताए । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले बताएको छ ।

अन्य तीनजना भने भागेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  ३ : ३९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको