हिरोपछि कलाकार बन्न प्रदीपको संघर्ष « Khabarhub

हिरोपछि कलाकार बन्न प्रदीपको संघर्ष

सशस्त्र द्वन्द्वको कथामा काठमाडौँका चक्लेटी हिरोको कर्णाली भोगाई


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदीप खड्का फेरिएका छन्। आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘प्रकाश’ को प्रचारप्रसारमा रहेका प्रदीप यसपटक परिपक्क सुनिएका छन् ।

पुरानै शैलीमा फिल्मको गुणगान मात्र गाउने प्रदीप यसपटक अघिल्लो कमीकमजोरीलाई स्विकार्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् । ‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीपलाई अभिनय गर्न नजानेको आरोप लाग्ने गरेको छ । उनी मात्र होइन समकालीन चकलेटी अनुहारहरू अनमोल केसी, पल शाह, धिरज मगर, सलिन मान बनियालाई स्टारडम बढाएता पनि अभिनय गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

यद्यपि यी नामहरूको फ्यान बेस बलियो भएकै कारण निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन् । अनमोलले केही समय अगाडी आफ्नो अभिनय देखाउन ‘धुपौरे’ नामक फिल्ममा अभिनय गर्ने निर्णय लिएका थिए । यद्यपि त्यो प्रोजेक्ट नै बनेन । उनी अब छड्केको सिक्वेल मार्फत आफूलाई अभिनेताको रूपमा प्रमाणित गर्ने योजनामा छन् । यता प्रदीपले भने ‘प्रकाश’ मा अभिनय गरे ।

यसपटक प्रदीप आफ्नो प्रेमको अवतार भन्दा भिन्न छन् । प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् ।स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकि यस अगाडी आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् ।

प्रकाशलाई बाचेपछि कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउने प्रदीपले कलाकार बन्न ट्राई गरेको बताएका छन् । मोफसलमा फिल्म प्रचारका लागि पुगेका यी अभिनेताले भने ,’अहिलेसम्म हिरो बन्न ट्राई गरे । अब कलाकार बन्न ट्राई गर्छु ।’ उनले आफूलाई भूमिका फरक निभाएको लागेता पनि स्वरूप एकै रहेको महसुस भएको स्वीकारेका छन् । उनले आफ्नो पछिल्लो फिल्महरूमा आफ्नो भूमिका उस्तै रहेको स्वीकारोक्ति प्रकाश बनेपछि गरेका हुन् ।

फिल्ममा अभिनय गर्न भनौँ वा प्रकाश बन्न उनले डेब्यु कलाकार झैँ संघर्ष गरेका छन् । उनले क्यारेक्टरको लागि अडिसन दिए , क्यारेक्टर बाच्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । किनकि उनलाई कथा मन परेको थियो । ‘मैले यसको वान लाइन सुन्दा नै मन छोयो । किनकि एउटा द्वन्द्वलाई हामीले भोगिसकेका छौँ । तर , हामीले त्यो द्वन्द्वपछि भोगिरहेको पिडाले कतै अर्को द्वन्द्व त निम्त्याउँदैन ? भन्ने प्रश्न फिल्मले गर्छ’ प्रदीपले भने । उनले आफू अभिनेता बन्न सक्ने मौकालाई अवसरको रूपमा लिँदै स्वीकारेको बताए ।

‘मेहनत र कला प्रतिको इमानदारितामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा प्रकाश हो’ प्रदीप भन्छन्, ‘एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरू समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि कार्यशालामा कयौँ दिन बिताएको छु ।’

उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन् ।  फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए । ‘

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । जहाँ प्रदीपको आफ्नो स्टारडमको छायाँ भन्दा ‘प्रकाश’ लाई बाहिर ल्याउने प्रयत्न गरेका छन् ।

विशेषत दर्शकले फिल्म हेर्दै गर्दा प्रदीपलाई स्टार वा प्रेमको रूपमा नहेरुन् भनेर नै उनले यो मेहनत गरेका हुन् । आफ्नो जुम्लेली चरित्रलाई जीवन्त बनाउन उनले काठमाडौँमै खाली खुट्टा यात्रा समेत गरेका थिए ।  शिक्षक बन्ने सपना देखेर जुम्लाको एक युवाले भोग्ने पिडालाई फिल्ममा देखाउन खोजिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ ।

काठमाडौँको परिवेशमा हुर्किएका प्रदीपले संवत यस अगाडी त्यो जीवन भोगेका वा बाचेका थिएनन् ।आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : ३५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका