‘लालसिंह चढ्ढा’ विदेशमा प्यारामाउन्टले वितरण गर्दै « Khabarhub

‘लालसिंह चढ्ढा’ विदेशमा प्यारामाउन्टले वितरण गर्दै


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् । एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अवे, क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् । यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् ।

करीना कपूर खान को-स्टार रहेको फिल्म  ‘लाल सिंह चड्डा’ मा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवन-यात्रा र बदलिँदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिन प्ले अतुल कुलकर्णीले गरेका छन् । टम ह्यान्क्सलाई देखाउने कोसिश गरिरहेका आमिरको फिल्मलाई विदेशमा हलिउड वितरण कम्पनी प्यारामाउन्टले वितरण गर्ने भएको छ । यो त्यही कम्पनी हो जसले ‘फरेस्ट गम्प’ निर्माण गरेको थियो ।

यो फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ । प्यारामाउन्टका वितरण विभागका कार्यकारी निर्देशक मार्क विन्स्टकले खबर पुष्टि गर्दै भारती चरित्र र संस्कृति दुनियाँका दर्शक सामु प्रस्तुत गर्न आफूहरू उत्साहित रहेको बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : २३ बजे

एमालेको बन्दसत्र : बनेन अध्यक्ष मण्डल, ओली एक्लै सञ्चालक (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई चुनौती दिनेहरूलाई

अन्तै कुद्न थाले कांग्रेसबाट जितेका भोजपुरका जिसस प्रमुख थुलुङ

काठमाडौं- नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल

काठमाडौं महानगरपालिकाको रैथाने मौलिक खाद्य मेला २०८२

काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको

संसद्को जिम्मेवारी र सांसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद्को जिम्मेवारी

२६ सय बिन्दुबाट तल झर्‍यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५० अंकले घटेको छ