‘लालसिंह चढ्ढा’ विदेशमा प्यारामाउन्टले वितरण गर्दै « Khabarhub

‘लालसिंह चढ्ढा’ विदेशमा प्यारामाउन्टले वितरण गर्दै


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् । एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अवे, क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् । यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् ।

करीना कपूर खान को-स्टार रहेको फिल्म  ‘लाल सिंह चड्डा’ मा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवन-यात्रा र बदलिँदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिन प्ले अतुल कुलकर्णीले गरेका छन् । टम ह्यान्क्सलाई देखाउने कोसिश गरिरहेका आमिरको फिल्मलाई विदेशमा हलिउड वितरण कम्पनी प्यारामाउन्टले वितरण गर्ने भएको छ । यो त्यही कम्पनी हो जसले ‘फरेस्ट गम्प’ निर्माण गरेको थियो ।

यो फिल्म अगस्ट ११ मा रिलिज हुँदैछ । प्यारामाउन्टका वितरण विभागका कार्यकारी निर्देशक मार्क विन्स्टकले खबर पुष्टि गर्दै भारती चरित्र र संस्कृति दुनियाँका दर्शक सामु प्रस्तुत गर्न आफूहरू उत्साहित रहेको बताएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : २३ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले