चलचित्र विकास बोर्डको अध्यक्षमा नरेश पौड्यालको स्वाभाविक दावेदारी  « Khabarhub

चलचित्र विकास बोर्डको अध्यक्षमा नरेश पौड्यालको स्वाभाविक दावेदारी 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको महिना दिन भन्दा बढी भइसकेको छ । सार्वजनिक सूचना निकाली आवेदन माग गरिएको भएता पनि अझैँ अन्तर्वार्ता गरिएको छैन । बोर्डको अध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । भुवन केसी, नरेश पौड्याल, सम्झना उप्रेती रौनियार सम्भावना बोकेको अनुहारमा छन् । संवत यिनै नामबात आउँदो बोर्ड अध्यक्ष तय हुनेछन् ।

यी मध्ये प्रशासनिक ज्ञान समेत हासिल गरेका नरेशले आफ्नो स्वाभाविक दाबी रहेको बताए । ‘विगतमा मैले प्रशासनिक क्षेत्रमा समेत आफ्नो कार्य कौशलता पेस गरिसकेको छु । त्यसैले बोर्डको स्वाभाविक उम्मेदवार हुँ । र , मेरो दाबी पनि छ’ उनले भने । नरेशले आफ्नो योजना र अनुभवसँगै वारिष्ठ्टताले बोर्डले गर्न नसकेको कार्यलाई सम्पन्न गर्ने अडान समेत दिए ।

‘बोर्ड गठनमै हाम्रो छुटै योगदान छ । फिल्मलाई हेर्न सरकारी निकाय चाहिन्छ भनेर हामीले उठाएको माग सहजै सुनिएका थिएनन् । त्यो लडाई लड्ने मध्येको एक म पनि हुँ’ नरेशले भने । नेपाली फिल्म निर्माण , निर्देशन र अभिनय सहितको विधामा सक्रिय अभिनेताले आवेदन दिए पश्चात् आफ्नो कर्ममा लागेको बताए । उनी फिल्म ‘महापुरुष’ को छायांकनमा छन् ।

‘म त फिल्मसँग जोडिएको मान्छे । काम नै गरिरहेको छु । अब अन्तर्वार्ताको लागि बोलाए भने आफ्नो प्रस्तुति सहित पुग्छु’ उनले भने । नेपाली फिल्ममा हिट निर्देशकको ट्याग पाएका नरेश नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन्। यद्यपि उनी आफ्नो राजनीतिक यात्रा भन्दा पनि कार्य क्षमताको आधारमा बोर्डको अध्यक्षमा आवेदन दिएको बताउँछन् ।

‘मेरो राजनीति यात्रा भिन्न पाटो हो । म डेमोक्रेसीमा विश्वास राख्ने भएकाले कांग्रेससँग जोडिए । यद्यपि फिल्ममा मेरो आफ्नै योगदान छ । मैले गरेको संघर्ष छुटै छ । यसकारण पनि मेरो स्वाभाविक दावेदारी हो’ निर्देशक नरेशले भने । उनी आफ्नो हिट फिल्म ‘धड्कन’ को सिक्वेल बनाउने तयारीमा समेत छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २२ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन