अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न « Khabarhub

अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तीन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा निवर्तमान सदस्य सचिव पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रीय इन्चार्ज दिपेन्द्रप्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापालगायतको उपस्थिति थियो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा निवर्तमान सदस्य सचिव पर्शुराम बस्नेतले नेपाल सबैभन्दा बढी सम्भावना भएको खेल नै क्रिकेट भएको र यो खेललाई अगाडि बढाउने सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले क्रिकेट विकासका लागि नेकोस राष्ट्रिय क्रिकेटले गरेको कार्य एकदमै सराहनीय र लाभदायक भएकाले आगामी दिनमा पनि यो संघले अझै उपलब्धिमूलक कार्यहरू गर्नेमा विश्वास व्यक्त गरे । उनले नेपाल क्रिकेट संघको वर्तमान कार्यसमितिले आईसीसीबाट लागेको आर्थिक  निलम्बन फुकुवा गर्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तीन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपालभरि नयाँ अम्पायर तथा स्कोररहरू उत्पादन हुने विश्वास व्यक्त गरे । उनले नेकोस राष्ट्रिय क्रिकेट संघले क्यानसँग सहकार्य गरेर यो कार्यक्रममा आयोजना गरेकोमा संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद दिए । प्रशिक्षण कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट कुल ३४ प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : १० बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान