अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न | Khabarhub Khabarhub

अम्पायरिङ तथा स्कोरिङ तालिम सम्पन्न


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा इलाममा तीन दिवसीय  ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

जिल्ला क्रिकेट संघ इलामको व्यवस्थापनमा गत शुक्रबारदेखि आइतबारसम्म आयोजना भएको प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका महिला तथा पुरुष प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । सहभागीहरूलाई आईसीसी प्यानल अम्पायर बुद्धिबहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा निवर्तमान सदस्य सचिव पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, नेकोस राष्ट्रिय क्रिकेट संघका केन्द्रीय इन्चार्ज दिपेन्द्रप्रसाद ढकाल र नेपाल खेलकुद महासंघ प्रदेश अध्यक्ष राजकुमार थापालगायतको उपस्थिति थियो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा निवर्तमान सदस्य सचिव पर्शुराम बस्नेतले नेपाल सबैभन्दा बढी सम्भावना भएको खेल नै क्रिकेट भएको र यो खेललाई अगाडि बढाउने सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले क्रिकेट विकासका लागि नेकोस राष्ट्रिय क्रिकेटले गरेको कार्य एकदमै सराहनीय र लाभदायक भएकाले आगामी दिनमा पनि यो संघले अझै उपलब्धिमूलक कार्यहरू गर्नेमा विश्वास व्यक्त गरे । उनले नेपाल क्रिकेट संघको वर्तमान कार्यसमितिले आईसीसीबाट लागेको आर्थिक  निलम्बन फुकुवा गर्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहले नेकोस राष्ट्रिय क्रिकेटले आयोजना गरेको तीन दिवसीय ‘ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ प्रशिक्षण कार्यक्रमले नेपालभरि नयाँ अम्पायर तथा स्कोररहरू उत्पादन हुने विश्वास व्यक्त गरे । उनले नेकोस राष्ट्रिय क्रिकेट संघले क्यानसँग सहकार्य गरेर यो कार्यक्रममा आयोजना गरेकोमा संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद दिए । प्रशिक्षण कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट कुल ३४ प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  २ : १० बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका